पोखरा महानगरपालिका: समाजवादी र एमाले बीच ४ मतान्तरको टक्कर

Posted on: 15 May, 2022

जेठ १, काठमाडौँ । पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यलाई ४ मतले पछि पार्दै एमालेका उम्मेदवारले अग्रता लिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार समाजवादीका आचार्यले १०९ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ११३ मत प्राप्त गरेका छन् । त्यस्तै यहाँ राप्रपाका शंकर खरालले ११ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले यहाँ २ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२७ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ११५ मत प्राप्त गरेकी छन् । त्यसै गरी राप्रपाकी उपमयर पदकि उम्मेदवार रन्जनाकुमारी सेन पौडेलले ५ मत पाएकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!