कास्कीमा मतदान सुरु

Posted on: 13 May, 2022

वैशाख ३०, पाेखरा | स्थानीय तह अन्तर्गतको मतदान कास्कीमा सुरु भएको छ । केहीबेरअघिबाट मतदान सुरु भएको हो ।

पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन् ।

सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन् । वडा नम्बर ९ मा १ जना तेश्रो लिंगी मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाभरी २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन् । कास्कीमा महानगरसहित ५ पालिकाको निर्वाचन भइरहेकाे हाे ।

१ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट साँझ ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ । ३९ जना महिला मतदान अधिकृत छन् । एउटा मतदान केन्द्र (अन्नपूर्ण आधारभुत स्कुल) महिलाले मात्रै चलाएका निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!