गायिका मेलिना राईले भनिन्, ‘पोखरा महोत्सवमा प्रस्तुति दिन मेरो अन्तर आत्माले दिएन’

Posted on: 17 Jan, 2023

माघ ३, पोखरा | गायिका मेलिना राईले पोखरा महोत्सवमा आफ्नो उपस्थिति नहुने जानकारी दिएकी छिन् ।

मेलिनाले आज अर्थात् माघ ३ मा हुन लागेको पोखरा महोत्सवमा आफू सरिक नहुने बताउँदै सबैसँग माफी मागेकी छिन् । उनले सो कुरा आफ्नो फेसबुक पेजमा लेखेकी छिन् । 


उक्त कार्यक्रम आफूले रद्द गर्नुको कारणसमेत उनले खुलाएकी छिन् । उनले लेखेकी छिन्, ‘पोखरामा त्यत्रो दुर्घटना भए लगत्तै कार्यक्रममा आफ्नो प्रस्तुति दिन मैले सकिनँ । मेरो मर्यादा र अन्तर आत्माले मलाई त्यसो गर्न दिएन त्यसैले कार्यक्रममा उपस्थिति जनाउन सकिनँ । ’

कार्यक्रम आफैँले रद्द गरेकोले उनले सबैलाई माफी दिन पनि आग्रह गरेकी छिन् । उनले आफ्नो निर्णयका लागि आयोजकसँग पनि माफी मागेकी छिन् । पोखरालाई पछि भेट्ने वचन दिँदै उनले सबैलाई सुरक्षित र स्वस्थ रहनसमेत आग्रह गरेकी छिन् ।

आइतबार पोखरामा यती एयरलाइन्सको ७२ सिटे विमान दुर्घटनाग्रस्त भएको छ । हालसम्म ७० जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!