निर्मला प्रकरणमा सफाइ पाएका दिलीपले किशोरीलाई दुर्व्यवहार गरेको आरोप

Posted on: 08 Aug, 2022

साउन २३, कञ्चनपुर | चार वर्षअघि निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले किशोरीहरुलाई दुर्व्यवहार गर्न थालेको आरोप लागेको छ । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।

निर्मला पन्तको ह'त्यामा दिलीप विष्ट नै दोषी

भिमदत्त नगरपालिका–१९ बागफाँटाका विष्टले आजभोलि रेडक्रस–उल्टाखाम सडकमा हिँड्ने किशोरीहरुलाई जिस्काउने र हैरानी गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए । उनले भने–‘हाम्रो टिमले त्यसबारे अनुसन्धान गरिरहेको छ ।’

किशोरीहरुलाई दुर्व्यवहार गर्ने दिलीपको स्वभाव नै भएको र चार वर्षअघि पनि उनको स्वभाव त्यहि नै रहेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । दुर्व्यवहार गरेको भन्नेबारे किशोरीका अभिभावकहरूले प्रहरीलाई भनेका छैनन् । तर, निर्मला पन्त बलात्कार र हत्या अनुसन्धान गर्न खटिएका सिआईबी र जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतहरुले सो सूचना पाएपछि त्यसबारे अनुसन्धान थालेका हुन् ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलीपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो । २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो ।

दिलीपको पछिल्लो हर्कतबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै एसपी चौधरी भन्छन्– ‘दुव्र्यवहार भएको कुरामा हामी बुझ्दैछौँ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!