कृष्णपुरको मेयर र उपमेयरमा कांग्रेस विजयी

Posted on: 22 May, 2022

जेठ ८, महेन्द्रनगर | कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा द्रोपती राना विजयी भएका हुन् ।

मेयरमा निर्वाचित हेमराज ओझाले १० हजार ४ सय ३४ मत प्राप्त गरे | नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत ल्याएर दोस्रो भए । नेकपा एमालेका लोकेन्द्रप्रसाद पन्तले ६ हजार ६ सय ७४ मत ल्याएका छन् भने नेकपा एकीकृत समाजवादीका सुरेन्द्रबहादुर बलमे ६ सय ७५ मत मात्रै प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा निर्वाचित कांग्रेसकी रानाले ९ हजार ६ सय ७५ मत ल्याएकी छन् । नेकपा एमालेकी रमिता रानाले ७ हजार ३ सय १६ मत ल्याएकी छन् भने  माओवादीकी गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरेकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!