पुनर्वास–३ मा नेकपा विजयी

Posted on: 30 Nov, 2019

मङ्सिर १४, कंचनपुर | पुनर्वास नगरपालिका–३ मा आज भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विजयी भएको छ । उक्त निर्वाचनमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।

नेकपाका तमाङले ५२८ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपबहादुर तामाङले ३१० मत पाउनुभयो । यसैगरी समाजवादी पार्टीका भीमबहादुर तामाङले ७५ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पदमबहादुर शाहीले सात मत प्राप्त गर्नुभयो ।  चार मत बदर भएको थियो । निर्वाचित वडाध्यक्ष तामाङलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो । 

कूल एक हजार १९९ मतदातामध्ये निर्वाचनमा ९२४  मतदाताले मतदान गरेका थिए । पुरुष ३९० तथा महिला ५३४ जनाले मतदान गरेको बाँस्तोलाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!