लकडाउनमैं किसान गहु काट्दै

Posted on: 02 Apr, 2020

भाष्कर के.सी. | चैत २०, कञ्चनपुर | बिश्वब्यापी रुपम कोभिड–१९ कोरोना भाइरस महामारी फैलिएको बेलामा रोकथाम र न्यूनीकरण गर्नको लागि देशभर लक डाउन गरिएको छ तर कञ्चनपुरका किसान भने खेतमा गहूँ काटन व्यस्त छन् । वर्ष भरी खाने अन्नवाली स्याहार्नु पर्ने बेलामा कोरोनाको कारण किसान घर भित्र बस्न बाध्य भए पनि खेतमा लगाएको गहूँ काटनु पर्ने उचित समय भएको र अहिले न स्याहारे वर्ष भरी खान नपुग्ने र देशभरी भोकमारी फैलने डरले किसान चिन्तीत छन् ।

नेपाल सरकारले चैत्र ११ गते देखि लगाएको लक डाउन चैत्र १८ गते पुन एक हप्ताको लागि  लगाउने निर्णय गर्दै चैत्र २५ गते सम्म लक डाउन लगाएको छ । कोभिड–१९ कोरोना भाइरस महामारीलाई विश्वव्यापी मध्य नजर गर्दै अझ लम्ब्याउन सक्ने किसानहरुको अनुमान छ ।

यसरी खेतमा काम गर्दा करोना सर्ने डर त किसानलाई एकातिर छ भने अर्कोतिर बेलैमा गहुँ भित्रयाउन नसके वर्ष भरी खाने अन्न पनि नपुग्ने र भोकभोकै मर्नु पर्ने किसानहरु बताउछन् । खेतमा गुहँ काटदै गरेका किसानलाई, त्यसलाई माडनू पर्ने चिन्ता पनि एकातिर छ पहिले जस्तो हलगोरु नहुने र टे«क्टर बाट माडनु पर्ने भएकोले टे«क्टर नपाइने हो कि भन्ने चिन्ता किसानहरुलाई रहेको छ भने यसरी ७, ८ जनाको समुह भएर काटनु पर्ने भएकोले कतै सुरक्षा कर्मीले महामारीलाई मध्य नजर गर्दै रोक लगाउछ कि भन्ने डर पनि रहेको किसानहरु बताउछन् ।

आफुहरुले सरकारलाई लक डाउनको पुर्ण सहयोग गरेको र अन्नबाली स्याहार्नु पर्ने भएकोले बाध्य भएर आफुहरु खेतमा आएको र सरकारको तर्फ बाट किसानहरु सँग रहेको गहु काटने ट्रेक्टर र थ्रेसिङ्ग गर्ने ट्रेकटरलाई सञ्चालनमा आउन दिई उनीहरुलाई सजिलै डिजलको व्यवस्था गरेमा यस्तो महाकारीको बेला खेतमा गएर काट्ने समुह पनि नहुने साथै छिटो अन्नवाली संकलन गर्न सकिने किसानहरु बताउछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!