कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

Posted on: 14 Mar, 2023

फागुन ३०, कैलाली | कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । 

जिल्लाको टीकापुर नगरपालिका–१ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा तनबिर अन्सारीका १८ महिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार चालक टीकापुर नगरपालिका–२ बस्ने ४५ वर्षीय पर्शुराम चौधरीले स्थानीय अलीआस अन्सारीको घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!