यात्रु चढाउन रोक्ने क्रममा बसबाट खसेर बस मालिकको मृत्यु

Posted on: 07 Nov, 2022

कात्तिक २१, कैलाली | कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ ।

कैलालको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा यात्रु चढाउन रोक्ने क्रममा देवकोटा खड्गचोकमा बसको ढोकाबाट खसेका थिए । ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । देवकोटाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!