धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

Posted on: 24 Oct, 2022

कात्तिक ७, कैलाली | कैलालीमा धान थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका –३ भर्रीटोलकी ४५ बर्षिया बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फसेको थियो । थ्रेसरमा पटुकी फसेपछि थ्रेसरले चौधरीलाई तानेको थियो । बिनाको घटनास्थलमै मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!