कैलालीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

Posted on: 23 Aug, 2022

भदौ ७, कैलाली | कैलालीको लम्कीबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले बताए । 


आरोपीले दुईजना बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार ९ वर्षीया र ७ वर्षीया बालिकालाई उनले जवरजस्ती करणी गरेको आरोप लागेको छ । आरोपीबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!