सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगिएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दाजुभाई हुन्। दुवै जना सिसहनीयास्थित आफ्नो राइसमिलबाट कलैयामा रहेको घरतिर फर्किँदै थिए।

सिसहनीयाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाई चढेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट सिसहनीया तर्फ जाँदै गरेको भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपले ठक्कर दिएको थियो। जिप चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!