सांसद अरुण चौधरीले तिरे आठ लाख जरिवाना, फाइल राष्ट्रपति कार्यालय पुग्यो

Posted on: 17 Feb, 2023

फागुन ५, काठमाडौँ | कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पाार्टीका सांसद अरुणकुमार चौधरी रिहा हुने संकेत देखिएको छ। चौधरीले आगजनी घटनामा तोकिएको ८ लाख जरिवाना समेत बुझाएको पाइएको छ। 

जरिवाना बुझाउन बाँकी रहेको उनको कैद सजाय माफी मिनाहा गरेर फागुन ७ गते प्रजातन्त्र दिवसको दिन उनलाई रिहा गर्न लागिएको स्रोतले बतायो। सजाय माफीका लागि प्रक्रिया समेत अघि बढाइएको छ। माफी मिनाहाका लागि फाइल राष्ट्रपति कार्यालयमा पठाइएको छ।  २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।

उक्त  मुद्दामा २०७० बैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो। फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए। बाँकेबाट उनलाई काठमाडौं हुँदै धनगढी लगिएको थियो। महान्यायाधिवक्ता कार्यालयको रायसहित गृह मन्त्रालयले सासंद चौधरी र गौमतको कैद मिनाहाका लागि  मन्त्रिपरिषद्‌मा पठाएको थियो। मन्त्रिपरिषद्ले उक्त फाइल राष्ट्रपति कार्यालयमा पठाएको जनाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!