धनगढीमा नवनिर्वाचित जनप्रतिनिधिको शपथबारे विवाद

Posted on: 23 May, 2022

जेठ ९, धनगढी | कैलालीको धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीलाई पद तथा गोपनियताको शपथ गराउने विषयमा विवाद भएको छ।

स्वतन्त्र उम्मेदवारका रुपमा मेयर पदमा विजयी भएका गोपाल हमालले शपथ लिएर पदभार ग्रहण गरे पनि उपप्रमुख तथा अन्य जनप्रतिनिधीहरूलाई पद तथा गोपनियताको शपथ गराउनमा विवाद भएको हो।


नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक विधिअनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधीले पनि धार्मिक विधिअनुसार पद तथा गोपनियताको शपथ लिने भनेपछि विवाद भएको जनाइएको छ।

उपप्रमुखसहित निर्वाचित जनप्रतिनिधीहरूलाई ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यतालिका रहेको थियो।

नवनर्वाचित जनप्रतिनिधी ११ बजे अघि नै उपमहानगरपालिकाको कार्यालयको सभाहलमा पुगेका थिए। तर, नगर प्रमुख हमाल भने सभा हलमा छैनन्।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जनप्रतिनिधीहरूको प्रमाणपत्र नआउँदा ढिलाइ भएको प्रतिक्रिया दिए।उनीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम अब ३ बजेपछि हुने जनाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!