कैलालीको घोडाघोडीमा एकीकृत समाजवादीको अग्रता कायमै

Posted on: 15 May, 2022

जेठ १, काठमाडौँ | कैलालीको घोडाघोडी नगरपालिकाको  मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।

अहिलेसम्म छ हजार ९ सय ६४ मतगणना हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार खडक रावतले दुई हजार ८६४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार ममताप्रसाद चौधरीले एक हजार ८६३ मत पाएकी छन् । 

त्यस्तै  उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका गुलियादेवी चौधरीले  दुई हजार ३७३ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेकी करूणादेवी बटालाले एक हजार ७ सय १५ मत प्राप्त गर्नुभएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!