धनगढीको मत अपडेट : स्वतन्त्र उम्मेदवार हमाल ३५६ मतले अगाडि

Posted on: 15 May, 2022

जेठ १, धनगढी | कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अगाडि देखिएका छन् ।

धनगढीमा १ हजार ९५३ मत गणना हुँदा हमाल ३५६ मतले अगाडि रहेका छन् ।

स्वतन्त्र उम्मेदवार गोपाल हमालले आँप चुनाव चिह्नमा ९०९ मत पाउँदा गठबन्धनका उम्मेदवार नृप वडले रुख चिह्नमा ५५३ मत मात्रै पाएका छन् ।

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल र गठबन्धनका उम्मेदवार वडबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!