मुख्यमन्त्री भट्टलाई विश्वासको मत

Posted on: 08 Jun, 2021

जेठ २५, धनगढी (रासस) । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । 

प्रदेश सभाको आजको बैठकमा उहाँका पक्षमा  ३० मत खसेको  थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो । सभामा कुल ५२ सदस्य  छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उहाँले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिनुभयो । नेपाली कांग्रेस संसदीय दलले  मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!