तिमीले सोह्र सृङ्गार सजाएर आयौ...

Posted on: 14 May, 2018

तिमीले सोह्र सरिङ्गार सजाएर  आयौ।

मुसुक्क  हाँसी  अलीकती लजाएर आयौ।

---

तिम्रो रुपमा भगवान पनि लोभिन्छन होला

दामी शरिरमा रातो सारी टँजाएर आयौ।।

बैरोको पनि कान  खुल्यो त्यो आवाज सुनि

छमछम पाउजु खनखन चुरा बजाएर आयौ।।

---

चट्ट  सुहाएको  मेहेन्दी अनि  गाजल  पनि

सबैलाई  आफ्नो  संस्कार खजाएर आयौ।।

--- 

दल बहादुर शाही

हुम्ला, कर्णाली 

----------------------

गजल

अझै ताजै छन जिन्दावाद मुर्दावादका नाराहरु।

साक्षी छन संविधानका भाग, अनुसुचि धाराहरु।

---

कहाँ फाल्यौ नेपाली पोसाक दौरा सुरुवाल टोपि

जहाँ  गुलियो ऊतै भुलियो स्वार्थी भातमाराहरु।।

---

आँसी हतौडामा खिया सुर्यमा ग्रहण लाग्यो अब

छिटै भुलेछौ रोड रोडमा उभिएका सर्बहाराहरु।।

---

आज जन्ताको अमुल्य मत लिएर कुर्चि पाएपछी

देशको समुन्नति छोडेर कस्तो देखायौ पाराहरु।।

---

हामी  सिदान्तको  कदर  गर्छौ तर गुलामको हैन

कती  आउछन  कती जान्छन सड्ने जमराहरु।।

---


दल बहादुर शाही

धनगढी, कैलाली


यस बिषयमा तपाइको प्रतिक्रिया...!