एक सुत्केरी मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौँ  । धनगढीको नवजीवन अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पतालमा तनाव सिर्जना भएको हो।

डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्।

उनीहरूले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन्। मृतकका ससुरा लोकेन्द्र मल्लले बुहारीको मृत्यु बिहानै भएको भएपनि अस्पतालले ढिलोगरी रगतको जोहो गर्न आफूहरूलाई भनेको बताए।

उनले अस्पतालको लापरबाहीले बुहारीको ज्यान गएको बताउदै लापरबाही गर्ने उपर कारबाहीको माग गरे। मृतकका ससुराले बिहान ६:३७ बजे ए नेगेटिभ रगत जुटाइदिन गरेको आग्रह गरेका थिए। उनले भने बमोजिम रगतको जोहो भए पनि मल्लको मृत्यु त्यसअगावै भैसकेको मृतकका ससुराले दाबी गरे। अस्पतालमा तनावको सृजना भएपछि प्रहरी परिचालन गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!