नेपालकि सुनमाया र पुर्ण लक्ष्मी एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित

Posted on: 04 Dec, 2016


नन्दराम जैशी/मंसिर १९, जुम्ला । नेपालकि सुनमाया बुढा र पुर्ण लक्ष्मी न्यौपाने एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित हुनु भएको छ । 

सुनमाया प्रथम र पुर्ण लक्ष्मी द्धितिय एसिया स्काइ रनिङ २०१६ को च्यान्पीयन घोषित हुनु भएको हो । हङकङमा आइतबार सम्पन्न भएको एमएस आईजी लानटाउ ५० किलोमिटर भट्रिकल रेसमा नेपालकि सुनमायाले द्धितिय र पुर्ण लक्ष्मीले चौथो स्थान हाँसिल गर्दै एसियाबाट एसिया स्काइ रनिङ २०१६ को च्यान्पीयन घोषित हुनु भएको छ ।

 ५० किलोमिटर भट्रिकल रेसमा विश्वका ३ सय ६७ जना खेलाडिले भाग लिएका थिए । जसमा नेपालकि सुनमाया द्धितिय र पुर्ण लक्ष्मी चौथो हुन सफल हुनुभएको हो । ५० किलोमिटर भट्रिकल रेसको निध्र्रारित समयमा ६ घण्टा ५२ मिनेट ३० सेकेन्ड लगाएर सुनमाया बुढा द्धितिय भएकी हुन् ।

चौथो हुन सफल पुर्ण लक्ष्मी न्यौपानेले ७ घण्टा ४५ मिनेट लगाएर रेसको निर्धारित समय पार गरेकि हुन् । उक्त भट्रिकल रेसमा स्वीजरल्याण्ड प्रमथ, फान्स तृतिय र केन्या सान्तोना भएका छन् । रेसमा द्धितिय र चौथो हुन सफल दुबै खेलाडि जुम्लाका हुन् । 


हाल कर्णाली स्पोट्स क्लब जुम्लामा आबद्ध रहेका खेलाडि सुनमाया र पुर्णलक्ष्मी धावक हरी बहादुर रोकायासँग प्रशिक्षण लिइरहेका म्याराथुन खेलाडि हुन् । प्रतियोगितामा द्धितिय हुन सफल सुनमायाले ४ हजार ५ सय र चौथो हुन सफल पुर्णलक्ष्मीले तीन हजार हङकङ डलर पुरस्कार स्वरुप प्राप्त गर्नु भएको छ । 

यस अघि शुक्रबार हङकङमा भएको ५ किलोमिटर भट्रिकल रेसमा नेपालकी सुनमाया द्धितिय, पुर्ण लक्ष्मी टपटेन अर्थात सातौ स्थान हनु सफल हुनु भएको थियो । आफ्ना टिमका दुबै खेडाडि विजयि भएपछि खुसि ब्यक्त गर्दै कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले विश्वसामु नेपालको नाम राख्न सफल दुबै खेडालिलाइ धन्यबाद ब्यक्त गर्नुभयो । एसिया स्काइ रनिङ २०१६ को च्यान्पीयन घोषित सुनमाया र पुर्ण लक्ष्मीलाइ नेपाल फर्किसकेपछि जुम्लामा स्वागत कार्यक्रम गरीने उहाले बताउनुभयो ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!