जुम्लामा प्रमुख सेनानी रुपाखेती झुण्डिएको अवस्थामा भेटिए

Posted on: 26 Dec, 2022

पुस ११, काठमाडौँ | जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती झुण्डिएको अवस्थामा भेटिएका छन् ।

२४ नम्बर वाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेतीले झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

उनका अनुसार रुपाखेती विहान चिया खाने समयमा चिया लिएर जाँदा उनी कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

अहिले सुरक्षा निकाय घटनास्थलमा पुगेको छ ।

नेपाली सेनाका अनुसार आफन्त जुम्ला आउदै गरेका छन् भने पोष्ट मार्टमको तयारी भएको छ ।

नन्दबक्स गण जुम्लाका गणपति रविन थापाले एक कुशल कमाण्डर तथा सहकर्मी गुमाएको प्रति ठूलो क्षेति भएको बताए ।

उनका अनुसार प्रमुख सेनानी रुपाखेतीले अहिले सेनाको अप्रेशन क्षेत्र जिम्मेवारी सम्हालिरहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!