ज्ञानेन्द्र शाहीले गरे उम्मेदावरी घोषणा, जुम्लाबाट चुनाव लड्ने

Posted on: 08 Aug, 2022

साउन २३, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।


सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले एकमात्र निर्वाचन क्षेत्र जुम्लाबाट निर्वाचन लड्ने भएका छन् ।

घोषणा कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित थिए । सामाजिक अभियन्ताको छवि बनाएका शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेलगत्तै उनलाई प्रवक्तामा मनोनीत गरिएको थियो । 

२०७४ को संघीय निर्वाचनमा यस ठाउँबाट नेकपा (माओवादी केन्द्र)का गजेन्द्र ‘कर्मा’ निर्वाचित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!