जुम्लाका २३ वडामा नेपाली कांग्रेस विजयी

Posted on: 17 May, 2022

जेठ ३, जुम्ला | स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ । आठ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको हो ।

चन्दननाथ नगरपालिका-१ वडामा कांग्रेसका तिलकप्रसाद न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले तीन सय चार मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादी केन्द्रका राजबहादुर झाक्री दुई सय ४५ मत प्राप्त गरी पराजय भएका हुन् । सोही नगरपालिका–२ वडामा कांग्रेसका हेमबहादुर बुढ्थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय तीन मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका गगनबहादुर भण्डारीले एक सय ६६ मत प्राप्त गरेका हुन् ।

चन्दननाथ नगरपालिका–४ वडामा कांग्रेसका नवराज देवकोट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय ७५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी राप्रपाका श्रीकृष्ण बुढाले दुई सय १८ मत प्राप्त गरेका छन् । सोही नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका रवीबहादुर थापा निर्वाचित भएका छन् । उनी तीन सय ६० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचत अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । उनका प्रतिद्धन्द्धी समाजवादीका कृष्ण थापाले दुई सय ३९ मत प्राप्त गरेका छन् ।

गुठीचौर गाउँपालिका–१ मा कांग्रेसका अर्जुनकुमार महतारा वडाध्यक्षमा निर्वाचित भएका छन् । पातारासी गाउँपालिका –२ मा कांग्रेसका बलबहादुर बोहरा निर्वाचित भएका छन् । उनले चार सय ३४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका कन्न बोहराले चार सय ३२ मत प्राप्त गरी दुई मतले पराजित भएका हुन् ।

सोही गाउँपालिका–५ मा कांग्रेसका दत्तबहादुर बुढा निर्वाचित भएका छन् । उनले तीन सय ७० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका टेकबहादुर बुढाले तीन सय २४ मत प्राप्त गरेका हुन् । वडा नम्बर ६ मा कांग्रेसका कर्मबहादुर विष्ट निर्वाचित भएका छन् । उनले तीन सय २२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका सिंगबहादुर विष्ट एक सय ८६ मत प्राप्त गरी पराजय गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका-१ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका भैरबहादुर बुढा ६ सय ३० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका भक्तबहादुर बुढाले चार सय ९६ मत प्राप्त गरी पराजय भएका हुन् ।

सिंजा गाउँपालिका–१ वडामा कांग्रेसका हरिनन्द आचार्य निर्वाचित भएका छन् । उनले दुई सय ७२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी माओवादीका धनडोमा तामाङ रोकायाले दुई ४० मत प्राप्त गरी पराजय भएकी छन् । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनले तीन सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका मोती दमाईले तीन सय ६ मत प्राप्त गरी पराजय भएका हुन् ।

हिमा गाउँपालिका–१ वडामा कांग्रेसका रतनबहादुर शाही निर्वाचित भएका छन् । उनले तीन सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका राजेन्द्रप्रसाद आचार्यले दुई सय २८ मत प्राप्त गरी पराजय भोगेका हुन् । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कालो शाही निर्वाचित भएका छन् । उनी दुई सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार दल्जित शाहीले एक सय ७६ मत प्राप्त गरेको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । हिमा गाउँपालिका–६ वडामा कांग्रेसका उपराज अधिकारी निर्वाचित भएका छन् । उनले दुई सय ७९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका वीर तिरुवाले दुई सय २७ मत प्राप्त गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!