कवि साहित्यकार विरही साइँलाद्धारा लिखित दोस्रो खण्डकाव्यको विमोचन

Posted on: 17 Nov, 2016

नन्दराम जैशी/मङ्सिर २, जुम्ला । जुम्लाका कवि साहित्यकार तथा लेखक विरही साइँला जंग बहादुर बुढा द्धारा लिखित दोस्रो खण्डकाव्य गन्तव्यहीन बसाइँ पुस्तकको बिहिबार आज एक औपचारीक कार्यक्रमका बिच विमोचन गरिएको छ । पुर्व राज्य मन्त्री तथा सांसद बल बहादुर महतको प्रमुख आतिथ्यता तथा जिल्ला स्थित विभिन्न राजनैतिक दल, साहित्यकार, कवि तथा सरोकारवालाहरुको सहभागितामा खण्डकाव्यको विमोचन गरीएको हो ।    

पुस्तक विमोचन कार्यक्रमको अबसरमा पुस्तकको समिक्षा गर्दै निमित्त क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले जुम्ला लगायत कर्णालीको साहित्य जगतलाई फराकिलो बनाउनको लागि लेखक बुढाले दिएको योगदान सराहनिय भएको बताउनु भयो । गन्तव्यहीन बसाइँ खण्डकाव्यका लेखक विरही साइँला कर्णालीकै उद्यमान तथा औलामा गन्न सकिने साहित्यकार भएको उहाको तर्क छ । खण्डकाव्य विधामा हुनु पर्ने अभयबहरुको राम्रो पालना भएको उहाको भनाइ छ ।    

 विमोचन कार्यक्रममा सहभागिले पुस्तकमा भएका राम्रा, नराम्रा कुराको सकारात्मक सुझाब दिदै साहित्यकारको उज्वल भविष्यको कामना गरेका छन् । खण्डकाव्यमा जुम्ला, कर्णाली तथा समग्र देशको देखाई, भोगाई, तथा अनुभुतिको यर्थात चित्रण गरिएको छ । खण्डकाव्यमा पात्रहरुको मिलान प्रक्रिया सुआउदो रहेको छ भने साउ महाजनले गरिबी तथा निम्न वर्गकालाइ गर्ने शोषण, दमन तथा द्धन्द्धकालमा नेपाली जनताले पाएको पिडाहरुलाई समेत झल्काइएको छ । 

 २०५८ सालमा पुस्तकको पाण्डुलिपि तयार भएको भएपनि त्यतिबेलाको परिबेशले प्रकाशनमा समस्या भएको लेखक जंग बहादुर बुढा विरही साइँलाले बताउनु भयो । श्रृजना जति पनि गर्न सकिने जिकिर गर्दै त्यसलाई सबै सामु उजागर गर्न आर्थिक अबस्थाले खुम्चाउने गरेको धारणा लेखकले राख्नु भयो । 

विभिन्न संघर्ष पछि दोस्रो कृति प्रकाशनमा ल्याउन सफल भएको भन्दै सबै पाठकहरुले पढेर आफुलाई सहयोग गरीदिन लेखककोे आग्रह छ ।  लेखक बुढाका अनुसार भर्खरै बजारमा आएको गन्तव्यहीन बसाई नामक खण्डकाव्य कालिका स्टेश्नरीमा व्यक्तिगत रु २ सय र संस्थागत रु ५ सयमा उपलब्ध गर्न सकिने छ । लेखक बुढाको २०५२ सालमा रुपा खण्डकाव्य लगायतका ५ वटा कृतिहरु प्रकाशित भैसकेका छन । भने अझै बाकी ७ वटा कृति प्रकाशोन्मुख रहेको बताइएको छ ।           

 पुर्व राज्य मन्त्री बल बहादुर महतले कुनै पनि क्षेत्रमा लागेदेखि निरन्तरता दिएमा अवश्य सफलता पाउन सकिने तर्क गर्नुभयो । लेखकको कलम कर्णालीको साहित्य क्षेत्रमा उदाहरण बन्ने उहाको आशा छ । पुस्तक विमोचन कार्यक्रमको समापनमा बोल्दै पुर्व चन्दननाथ उच्च मावि प्रधानाध्यापक तथा समाजसेवि राजुशरण न्यौपानेले प्रतिभा उजागर गर्न शहर र गाउँले जिवनमा फरक पर्ने बताउनुभयो । लेखक जंग बहादुर बुढा जुम्ली साहित्यका ह्रदयविधारक श्रष्ठा भएकोमा उहाले खुशि ब्यक्त गर्नुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!