निर्वाचनको सुरक्षामा खटिएको सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक व्यक्तिको मृत्यु

Posted on: 20 Nov, 2022

मङ्सिर ४, झापा | निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्बरको सवारी र प्रदेश १-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइलमा सवार व्यक्तिको मृत्यु भएको हो । 

मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री हुनुहुन्छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खत्री नेपाली सेनाले चलाएको सवारीमा ठोक्किँदा गम्भीर घाइते भएको र उपचारका क्रममा मेची अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!