करुवाले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक समातिए

Posted on: 10 Nov, 2022

कात्तिक २४, झापा | झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सामान्य घरविवाद हुँदा श्रीमानले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा २६ वर्षीय श्रीमती सपना गाेरडको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका १ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने भारतका ३२ वर्षीय रघुनाथ मारुती गोरड रहेका छन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार श्रीमान श्रीमतीबीच सामान्य विवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!