झापामा पौडी खेल्न गएका दुई बालबालिका मृत फेला

Posted on: 12 Aug, 2022

साउन २७, झापा | झापामा पौडी खेल्न खेल्ल गएका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका– ९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका– ९ का सुस्मा सुन्दासकी ११ की छोरी एन्जिला सुन्दास र ध्रुव राईका छोरा १२ वर्षका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

दुवै जना खोलामा नुहाउन भनी घरबाट हिँडेको तर अबेरसम्म नफर्किएपछि स्थानियवासीले खोजी गर्दा राति करिब ९ वजे तिर सताक्षी खोलामा दुवैको शव फेला परेको थियो । उनीहरुको शव कन्काई सिँचाई नहरको डिलमा भेटिएको स्थानियले जनाएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!