मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक झाको सवारी दुर्घटनामा मृत्यु

Posted on: 08 Jul, 2021

 असार २४, झापा (रासस) । मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते हुनुभएको उहाँलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो ।

अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै उहाँलाई न्यूरो अस्पताल विराटनगरमा सिफारिश गरेको थियो । न्यूरोमै उपचारका क्रममा उहाँको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक झा सवार मे२प २५२५ नंको मोटरसाइकलले भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गर्दा सडकमा रोकी राखेको ना३ख ८५४२ नंकोे ट्रकलाई बुधबार राति ठक्कर दिँदा घाइते हुनुभएको थियो ।

झा सवार मोटरसाइकले सो ट्रकमा सामान लोड गर्दै गरेका चालक बुद्धशान्ति गाउँपालिका–१ होक्से निवासी ३५ वर्षीय कमल ढुङ्गेललाई समेत ठक्कर दिँदा घाइते हुनुभएको छ । उहाँको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!