नेकपा माओवादी केन्द्र मेची नगरको अध्यक्षमा चिमरीया

Posted on: 28 Nov, 2021

मंसिर १२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मेची नगरको शनिबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरीया निर्वाचित भएका छन्।

नगरको उपाध्यक्षमा उत्तम सिडुगं,बद्रीनाथ फूयाल, लिला सुब्बा राजवंशी, सचिवमा ज्ञानेन्द्र घिमिरे,स-सचिवमा कृष्णराज सिटौला (कृष्ण कौशल), कोषाध्यक्षमा दिनेश ओली चयन भएका छन्।

सांसद राम कार्की (पार्थ) को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का ईञ्चार्ज श्यामबिर लिम्बु (शौभाग्य), केन्द्रीय सल्लाकार सदस्य मुकुल चन्द्र राजवंशी (मोहन वा), जिल्ला समन्वय समिति सदस्यहरु, प्रकाश भण्डारी (संजोग) लगायतले मन्तव्य व्यक्त गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!