प्रमको गृहजिल्लामा सडक मर्मत नगरिएको भन्दै स्थानीयले सडकमै गरे रोपाइँ

Posted on: 30 Jun, 2019

असार १५, काठमाडौँ । असार १५ आज राष्ट्रिय धान दिवस नेपालमा विभिन्न कर्यक्रम गरी मनाइरहेका छन |  सामन्य किशान देखि संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् ।

त्यस्तै विभिन्न कार्यक्रम गर्यक्रम गरी विभिन्न जिल्लामा आज धान दिवस मनाइरहेको अबस्थामा प्रधानमन्त्री  केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्थानीयले सडकमै रोपाई गरेका छन् | विर्तामोड बाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । सडक निर्माणमा प्रशासनको उदारितालाई व्यंग्य गर्दै सडकमा धान रोपाई गरेको स्थानीयले जानकारी दिएका छन् | धान रोपाइँ गरेपछि उनीहरुले सडकमै दही चिउरा खाएका छन् | 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यो सडक मर्मतका २७ करोड रुपैयाँ छुट्टिएको बताउँदै १८ महिनाभित्र निर्माण सम्पन्न गरी सक्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!