ट्याक्टरकाे उद्धारमा गएको डोजर नै फसेपछि... (फाेटाेफिचर)

Posted on: 03 Jul, 2022
असार १९, सुर्खेत | जाजरकोट बारेकोट गाउँपालिका  वडा नम्वर २ र ५ को बीचमा रहेको घाट बजारस्थित नलगाड नदीमा पुल नहुँदा नदीबाट ट्याक्टर तार्न खोज्दा नदीमै फसेको छ ।
साे ट्याक्टर निकाल्न आइतबार गएको डोजर समेत नदीमै फस्दा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।
लगातार पानी परिरहेकोले डोजर र ट्याक्टर निकाल्न समस्य भएकाे छ । नदीमा पानी कम भएको बेला यसरी ट्याक्टर वारपार गरानु सामान्य जस्तै हाे । तर, पानीकाे सतह बढेका कारण अहिले समस्या भएकाे हाे । 
AvatarAvatar

यस बिषयमा तपाइको प्रतिक्रिया...!