नलगाडका सबै वडा कार्यालय आफ्नै भवनमा

Posted on: 05 Apr, 2022

चैत्र २२, जाजरकोट | नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेको छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ ।

दल्लीस्थित नगरपालिकाको नयाँ भवनमा  ३५ वटा काेठा छन् । नगरपालिकामा १३ वटा वडा छन् ।

नगरपालिकाको केन्द्रीय कार्यालय भवनबाट सबै शाखाको समेत काम हुने प्रमुख प्रशासकीय केन्द्र मानबहादुर गिरीले बताए । नगरपालिका भित्रका सबै कार्यालयहरू अब भाडामुक्त भएको उनले बताए  ।

पालिकाको १५ बेडको नगर अस्पताल भवन निर्माण पनि जारी रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए । 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!