इलाममा पोखरीमा डुबेर बालिकाको मृत्यु

Posted on: 01 Jan, 2023

पुस १७, इलाम | इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। 

आइतबार बिहान ८ बजे इलाम नगरपालिका- १ साखेँजुङस्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो।

आफ्नै बारीमा भएको पोखरीमा डुबेकी हिमाल दाहालकी २६ महिने छोरी हिमान्सीको मृत्यु भएको हो।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!