हवाइ उडान नियमित बनाउन प्रशासनको ध्यानकर्षण

Posted on: 05 Apr, 2022

 चैत्र २२, सिमकोट | हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने एक मात्रै यातायातको साधन हवाई सेवा केही दिनदेखि नियमित नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । एक सातायतादेखि निजी एयरलाइन्स कम्पनटीले नियमित उडान नगरेपछि नियमित उडनको मागसहित योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले जिल्ला प्रशासनको ध्यानाकर्षण गरेको छ ।

लिगले हवाई उडानमा देखिएको समस्या समाधान गरीदिन प्रमुख जिल्ला अधिकारीमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मुख्यमन्त्री कार्यालय सुर्खेतलाई बोदार्थ गरेको छ । 

उडान नहुँद यहाँ दैनिक उपाभोग्यदेखि निर्माण ढुवानी समेत प्रभावित भएकाे छ । जसका कारण हुम्लामा दैनिक उपाभोग्य सामाग्रीदेखि अन्य सामानको बजारभाउ आकासिएको ज्ञापन पत्रमा उल्लेख छ । 

पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि हुम्लामा उडान हुन नसकेको हो । निजी जहाजहरू लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!