रंगमति शाही हुम्लाकै पहिलो महिला वडाध्यक्षमा निर्वाचित

Posted on: 30 Apr, 2022

वैशाख १७, हुम्ला । हुम्ला खर्पुनाथ गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छन् ।

खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा दुुई जनाले शनिवार मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन कार्यतालिका अनुसार सबै पक्रिया पूरा भएपछि आज शाहीलाई निर्विरोध वडाअध्यक्ष घोषणा गरिएको हो ।


खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए ।

माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो । एमालेका उम्मेदवारले भने आफै फिर्ता लिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!