१० असोज २०७९, थाहा पाउनुहोस् आजको राशिफल

Posted on: 26 Sep, 2022

असोज १०, काठमाडौं | आजको पात्रो : १० असोज २०७९, तद्नुसार २६ सेप्टेम्बर २०२२ । आश्विनशुक्लपक्ष अर्थात् दुर्गापक्ष पहिलो दिन, प्रतिपदा तिथि, आज घटस्थापना अर्थात् वडा दशैंको पहिलो दिन । आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १० औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । 

आज बिहान सूर्योदय ०५ः५५ मा भएको छ भने सूर्यास्त ५ः५६मा हुनेछ । उत्तरफाल्गुनी नक्षत्र, शुक्ल योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आजका देवता पार्वती र ग्रहदेव चन्द्र हुन् । 

सोमबार शिवालयको दर्शन गर्दा मनमा शान्ति र सद्भाव प्राप्त हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आज रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार मेष राशिका जातकका लागि नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै शिवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

व्यापार व्यवसायमा सोचेअनुसार नहुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आज कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र खुसीयाली छाउने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

मन अशान्त हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका चिन्तन आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले शुभ साइतमा यात्रा गर्नुहोला । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्री जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । चन्द्रमाको साथ रहेको छ । सोचअनुसार काम हुनेछ । सूर्योदयको दर्शन गरेर काम गर्दा सफलता मिल्नेछ । आजको दिन कसैलाई पनि दूवाच्य शब्दको प्रयोग नगर्नुहोला ।  

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सुुरु गरेको काम सफलता मिल्नेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आज धनलाभ हुनेछ । सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आजको दिन कसैलाई दिनुभएको धन प्राप्त हुनेछ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन आकस्मिक धन प्राप्त हुनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आफन्त र मित्रजनबाट साथ सहयोग मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्ययन अध्यापन र अनुसन्धानको काममा समय खर्च हुनेछ । समाज सेवामा समय दिनु पर्नेछ । आजको दिन समय व्यवस्थापन मिलाएर काम गर्नु आवश्यक छ । सकैसँग पनि विवाद हुने गरी काम नगर्नुहोला ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!