मेषलाई अर्थलाभ हुने, अरु राशिको कस्तो छ आज ?

Posted on: 26 Jun, 2022

असार १२, काठमाडौं | आजको पात्रो : १२ असार, २०७९, आइतबार । जुन महिनाको २६ तारिख २०२२ । असारकृष्णपक्ष त्रयोदशी तिथि, गर करण, कृतिका नक्षत्र, धृति योग, चन्द्रमा बृष राशिमा छ । आज बिहान ५ः१० मिनेटमा सूर्योदय भएको छ भने ०७ः०३ मा सूर्यास्त हुनेछ । बिहान ११ः३९ देखि १२ः३४ सम्मको समय अभिजित मुहूर्त छ  । साँझ ५ः२० देखि ०७ः०४ सम्मको समय राहुकाल छ । आइतबार सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आइतबारलाई आदित्यबार पनि भनिन्छ । आजका देवता वरुणदेवको पत्नी जलदेवी, ग्रहदेव राहु हुन् । आइतबार प्रशानिसक कार्य शुरुवात गर्दा साताका दिनभित्र सम्पन्न गर्न सकिन्छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन बिहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन गरेर काम सुरु गर्दा साताभर कार्यसििद्ध हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन त्यति अनुकुल देखिदैन । यात्राका लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन शुरु गरेका कार्यसिद्ध हुनेछ ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथन राशिका जातकका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशि भएका जातकको दाम्पत्यजीवनमा विवाद हुनसक्छ । कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार व्यवसाय र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ ।   

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आज मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको दिन अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातकका लागि यात्राका लागि अवसर प्राप्त हुनेछ । आजको दिन सुुरु गरेको यात्राले नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित कामबाहेक नयाँ काम  नगर्नुहोला । पनि विवाद हुने काम बाट टाडा रहनुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन व्यापार व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला । कसैलाई पनि मनमुटाव हुने काम नगर्नुहोला ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

आफन्तलाई आजको दिन भेट गर्दा साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ । 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले हरेक साताको आइतबार बिहान सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले  मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ । गृहस्थ कार्यहरु गर्नुहोला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!