थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Posted on: 14 May, 2022

वैशाख ३१, काठमाडाैं | ३१ वैशाख, २०७९, वैशाख महिनाको अन्तिम दिन मसान्त, तद्नुसार मे महिनाको १४ तारिक २०२२ । वैशाखशुक्लपक्ष त्रयोदशी तिथि, तैतलि करण, चित्रा नक्षत्र, सिद्धि योग, चन्द्रमा कन्या राशिमा छ ।

आज बिहान सूर्योदय ५ः१५ मा भएकाे भने सूर्यास्त ६ः४५ मा हुनेछ । बिहान ८ः३९ देखि १०ः२० सम्मको समय राहुकाल छ भने ११ः३४ देखि १२ः२७ सम्मको समय अभिजित मुहूर्त छ । राहुकाल भएको समयमा शुभकार्य गर्न नहुने मान्यता छ ।

अभिजित मुहूर्तको समयमा शुभकार्य गर्न सकिन्छ । शनिवार भएकाले आजको दिन शिवालय, देवालय र शनिदेवको मन्दिर वा पिपलको बृक्षमा जल अभिषेक गर्दा शनि ग्रहको दोष निवारण हुने गर्दछ । आजको देवता गणेश र ग्रहदेव मंगल रहेको छ ।

सनातन धर्ममा कुनै पनि कार्य गर्दा गणेशलाई सम्झना गर्नुपर्ने हुन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि आजको दिन व्यापारबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र योजना सफल हुनेछ । यात्राका लागि सूर्योदयपछि मात्र निस्कनु होला । यात्राबाट फाइदा हुनसक्छ । यात्रा गर्नभन्द अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिनुहोला । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारमा सोचेअनुसार नहुन सक्छ । यस्तो अवस्थामा सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक रहनुहोला ।    

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य  र अन्य कोही सदस्यसँग विवाद गर्दा पनि हानी हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकले शनिबार विवाद र झगडा नगर्नुहोला । आज कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र प्रदान गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । आजको दिन तपाईंमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलता मिल्नेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय  यात्राले मनमा शान्ति प्राप्त हुनेछ । कसैलाई अपमान नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला ।   

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्री जातिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ। 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्छ । 0

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । मानसम्मानसमेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै सकारात्मक उर्जा मिल्नेछ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा सकारात्मक सोच आउने छ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि  फाइदा हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय विताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । बिहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!