हेर्नुहोस आजको राशिफल, मिथुनकाे प्रगतिकाे ढाेका खुल्ने, कर्कटमा उमंग थपिने

Posted on: 03 May, 2022

वैशाख २०, काठमाडौं | २० वैशाख, २०७९ मंगलबार । तद्नुसार मे महिनाको ३ तारिख २०२२ । वैशाख शुक्लपक्ष अक्षय तृतीया,(सनातन धर्मावलम्बीका लागि आजको दिन महत्वपूर्ण दिन हो) आज परशुराम जयन्ती पनि हो । मुश्लिम धर्मावलम्बीको इद उल फितर पनि हो । आज सरकारले सार्वजनिक विदा समेत घोषणा गरेको छ । आज विश्वप्रेस स्वतन्त्रता दिवस पनि परेको छ । आज बिहान सूर्योदय ५ः२४ मिनेटमा भएकाे छ भने सूर्यास्त १८ः३८ मा हुनेछ । रोहिणी नक्षत्र, शोभन योग, चन्द्रमा वृष राशिमा छ। आज बिहान ११ः३५ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त छ । आजको देवता वृहस्पति र ग्रहदेव शुक्र हुन् । आजको दिन तपाईंले जुनसुकै शुभकार्य गर्न सक्ने दिन हो । आजको दिनलाई वर्ष भरीको महत्वपूर्ण दिन मानिन्छ । त्यसैले आजको दिनलाई अक्षय तृतीया पनि भनिन्छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज मेष राशीका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेष राशी भएका व्यक्तिका लागि मौन रहेर आफ्नो काम सम्पादन गर्नु उत्तम हुनेछ । परिवारभित्रका जेष्ठ सदस्यका कुरा सुनेर काम गर्नु शुभ हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आफन्तजनसँगको मित्रभावका कारण साथ सहयोग मिल्नेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम छ । तपाईंको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दूरीको यात्राको अवसर प्राप्त हुनसक्छ । यात्राबाट नयाँ कार्यको शुरुवात हुनसक्छ । आजको दिन शुभ दिन छ । चन्द्रमाको साथ छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज मिथुन राशि भएका व्यक्तिका लागि आज शुभ छ । तपाईंको प्रस्तुतिमा प्रभाव पर्नेछ । त्यसको कारण मीठो भोजन र आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईंको उन्‍नति र प्रगतिको ढोका खुल्नसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनु भयो भने दिन सफल हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा लाभ मिल्नेछ । आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ । नयाँ काम गर्न समेत उत्साह हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशि भएका जातकका लागि आजको दिन समय अनुकुल नहुनसक्छ । तपाईंको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुलता हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा राम्रो हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : व्यापारमा लागेका कन्या राशिका जातक हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिल्नेछ । सन्तानबाट सुख, मीठो भोजनप्रतिका लागि निम्तो, स्त्रीबाट साथ सहयोग समेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने मनमा प्रशन्नता बृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आकस्मिक मानसम्मान र अवसर प्राप्ति हुनेछ । तपाईंले गर्दै आउनुभएको कामको सम्मान र घरपरिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ। सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईंले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्द प्राप्त हुनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :यात्राका लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्रामा जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईंको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । व्यवसायमा हुनुहुन्छ भने आजको दिन केही नयाँ स्थानको यात्राको प्रबन्ध मिलाउनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्‍न सकिँदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापारबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला । परिवारजनका लागि खाने केही सामान लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा उल्लास रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने संभावना प्रवल छ । तपाईमाथि नकारात्मक सोच राख्ने शत्रुमाथि विजय प्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ । मौन रहनु उत्तम हुनेछ । कसैप्रति पनि बैरभाव नराख्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन मीन राशि भएका जातकका लागि व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन जान सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!