वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने

Posted on: 19 Feb, 2023

फागुन ७, काठमाडौँ । वीर अस्पतालले ‘बर्न वार्ड’ सञ्चालन ल्याउने भएको छ । आगोले पोलेका बिरामीको उपचार गर्नका लागि वीर अस्तपालमा ‘बर्न वार्ड’  सञ्चालन गर्न लागिएको अस्पताल कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए ।

अवको तीन महिनाभित्र वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने उनको भनाइ छ । यसअघि वीर अस्पतालमा सो वार्ड सञ्चालन भएपनि विःस.२०७२ सालको भूकम्पले भवन भत्काएपछि जलन सम्बन्धी सेवा बन्द भएको थियो ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार एसिड आक्रमणमा परेमा पीडितहरुले  देशका कुनै पनि अस्पतालमा आकस्मिक सेवा निःशुल्क लिन सक्छन् ।  स्वास्थ्य मन्त्रालयले उपचारका लागि चार अस्पताललाई तोकेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्तपाल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा उपचार गर्न सकिने मन्त्रालयको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!