शुक्रबार पनि घट्यो सुन-चाँदीको भाउ, आजको मूल्य कति ?

Posted on: 17 Feb, 2023

फागुन ५, काठमाडौँ | सुन-चाँदीको भाउ  घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!