ललितपुर ३ मा तोसिमाको तीव्र अग्रता, गनेको मतमध्ये आधा घण्टीमा

Posted on: 23 Nov, 2022

मङ्सिर ७, ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निकै अगाडि देखिएकी छन् । उनले एमाले र माओवादीका उम्मेदवारहरुले प्राप्त गरेको कुल मतभन्दा बढी प्राप्त गरेकी छन् । 

हालसम्म गणना भएको मतमध्ये उनले १८ हजार ४७७ मत पाएकी छन् । दोस्रो स्थानमा एमालेका अमृत खड्काको ९ हजार ४२२ र त्यसपछि माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ४२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राप्रपाका निरन्जन थापाले १ हजार ३२ मत ल्याएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!