तनहुँमा डेंगु सङ्क्रमित बढ्दै

Posted on: 05 Nov, 2022

कात्तिक १९, तनहुँ | चिसो मौसम शुरू हुँदा पनि तनहुँमा डेंगुको संक्रमण बढ्दो क्रममा छ ।डेंगु संक्रमितको संख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा संक्रमितको भीड लागेको छ । 

कात्तिकमा मात्रै ८८ जनामा संक्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा. दिवस ढकालले जानकारी दिए ।उनका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेंगु संक्रमण देखिएको छ । 

जिल्लामा भदौको अन्तिम हप्तादेखि डेंगुको संक्रमण फैलिएको थियो भने असोजमा मात्रै १०१ जनामा संक्रमण पुष्टि भएको डा. ढकालले बताए । डेंगुको संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उनको भनाइ छ ।

डेंगुको संक्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!