वाश बेसिन फुटाउँदा भाँचियो टाइगरको खुट्टा

Posted on: 31 Oct, 2022

 एजेन्सी | बलिउडका एक्सन स्टार हुन् टाइगर श्राफ। 'हिरोपन्ती' बाट बलिउडमा डेब्यु गरेका अभिनेता सुरुआतदेखि नै एक्सन स्टारका रुपमा परिचित छन्।

हालै एक एक्सन स्टन्ट गर्दा उनको खुट्टा भाँचिएको छ। भारतीय सञ्चारमाध्यम बलिउड ह‌ंगामाका अनुसार एक्सन सिन छायांकन भइरहेको बेला ‘वाश बेसिन’ फुटाउने क्रममा उनको खुट्टा भाँचिएको हो।


टाइगर श्राफ बलिउडका थोरै अभिनेताहरू मध्ये एक हुन् जसले बडी डबल बिना कुनै पनि एक्सन र स्टन्ट दृश्यहरू तान्न सक्छन्। अभिनेताले कहिले काँही आफ्नो कसरत झलकहरू आफ्ना फ्यानहरु माझ सार्वजनिक गर्छन्।

टाइगरले इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्।

‘कन्क्रिट वाश मेसिन भाँच्दा मेरो खुट्टा भाँचियो। मैले आफूलाई जति बलियो ठानेको छु त्योभन्दा वाश बेसिन बलियो थियो। अन्ततः वाश बेसिन पनि फुट्यो नै,’ उनले लेखेका छन्। उनले कुन फिल्मकाे छायांकन गर्दा खुट्टा भाँचिएकाे हाे भन्नेबारे भने खुलाएका छैनन्। 

उनी पछिल्लो समय 'हिरोपन्ती २' मा देखिएका थिए। प्रदर्शन अगाडि फिल्मको चर्चा भए पनि फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन। उनी आगामी फिल्म ‘गणपत’ र बडे मियाँ छोटे मियाँ’ मा देखिनेछन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!