माइक्रोबसको ढोकाबाट खसेर परिचालकको मृत्यु

Posted on: 22 Sep, 2022

असोज ६, नवलपरासी (पश्चिम) | नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् । 

बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट हिजो साँझ सवा ६ बजे चौधरी खसेका थिए । 

बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!