थप ८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

Posted on: 10 Aug, 2022

साउन २५, काठमाडौँ | ६७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

सोही समयमा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएका छन्। 

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ।

पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!