फिलिपिन्सका १७ औँ राष्ट्रपति मार्काेस जुनियरले लिए सपथ

Posted on: 30 Jun, 2022

असार १६, काठमाडौं | फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला सहरमा हजारौँ मानिसहरूका बीच फिलिपिन्सका १७ औँ राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका छन्।

मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौँ स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरूकाे उपस्थितिमा एक विशाल भेलामा सपथ लिएका हुन्।


बोङ्बोङ भनेर चिनिने उनी पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन्। मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए।

मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए।

घातक लागूऔषध युद्धमा संलग्न रोड्रिगो डुटेर्तेको उत्तराधिकारी फर्डिनान्ड रोमुआल्डेज मार्कोसले छ वर्षको कार्यकालपछि जुनमा राजीनामा दिएको अल जजीराले उल्लेख गरेको छ।

चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तित्वहरूले सपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!