काठमाडौं बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

Posted on: 23 Jun, 2022

असार ९, काठमाडौँ  | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ । 


काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ । 

‘हिजो बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो । बर्खाको समयमा पानी प्रदुषित हुने जोखिम धेरै हुन्छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौं,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटर मार्फत सर्वसाधरणलाई सजग हुन भनेको छ । 

त्यसबाहेक काठमाण्डूकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एकजना बिरामी भेटिएको उनले जानकारी दिए।

हैजा कसरी भयो?

फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा हैजा गराउने जीवाणु पाइएको डा. दासले बताए।

"बागबजारका बिरामीको हकमा उहाँहरूले खाने पानीको जाँच गर्दा हैजा गराउने ईकोलाइ र कोलिफर्म दुइटै जीवाणु देखियो," उनले भने।

"उहाँहरूले घरमा धारा र ट्युबवेलको पानी जम्मा गर्नुहुँदो रहेछ अनि पानी सीधै [नउमाली अथवा पानी शुद्धीकरण गर्ने कुनै विधि नपनाई] खानुहुँदो रहेछ।"

सबै बिरामीको हकमा हैजाको कारण दूषित पानी भएको देखिएको बताउँदै डा. दासले थपेः "दूषित कहाँ भयो भन्ने कुरा पत्ता लगाउन हामी लागिपरेका छौँ।"


यस बिषयमा तपाइको प्रतिक्रिया...!