पोखरामा मतगनास्थलबाट दुई नक्कली प्रतिनिधि पक्राउ

Posted on: 20 May, 2022

जेठ ६, पोखरा | पोखरा महानगरपालिकाको मतगणनास्थलबाट प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ ।

राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुईजनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुन्दर तिवारीले उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान गरिरहेको बताए । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम र दल भने गोप्य राखेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!