पुर्व मन्त्री हृदयेश त्रिपाठिको उम्मेदवार हारे त्रिपाठिको वडामा

Posted on: 17 May, 2022

श्याम थापा । जेठ ३, सुस्ता । पुर्व मन्त्री एवं जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठिको जनता प्रगतिशील पार्टीबाट कोदालो बोकेको किसान चिन्ह लिएर वडा अध्यक्षमा उम्मेदवार भएका रामहरि उपाध्याय त्रिपाठीको वडा प्रतापपुर गाउँपालिका वार्ड न ६ बाट नै पराजित भएका छन् ।

आफुलाई मधेसको मसिहा मान्ने हृदयेश त्रिपाठीले आफ्नो दलबाट उठाएका वडा अध्यक्षका उम्मेदवारलाई त्रिपाठीको वडावाट नै हार बेहोर्न परेको छ ।

त्रिपाठीले यो भन्दा २०७४ सालको स्थानीय तहको चुनावमा आफ्नो कार्यकर्तालाई स्थानीय तहको चुनाव लडनु पाप रहेको भन्दै बहिस्कार गर्न पठाएका थिए तर अहिलेको स्थानीय तहको निर्वाचन २०७९ को स्थानीय तहको निर्वाचनमा पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह मध्येमा २ वटा स्थानीय तहमा प्रमुख उपप्रमुख र ३ पालिकाहरुमा वडामा समेत उम्मेदवार उठाएका छन् ।


त्रिपाठीको वडामा उम्मेदवार रहेका जनता प्रगतिशील पार्टीका उम्मेदवार अर्थात त्रिपाठीका वडा अध्यक्षका उम्मेदवार उपाध्यायले कुल ५ सय ८९ मत मात्र प्राप्त गरेर हार भोग्नुपरेको छ । भने सो वडामा नेपाली काङ्ग्रेसका नेता एवं पुर्व सांसद देवकरण प्रसाद कलवारले भने आफ्नो दल नेपाली काङ्ग्रेस पार्टीबाट वडा अध्यक्षमा उम्मेदवारी गराएका केशव प्रसाद अधिकारीलाई बिजयी गराएका छन् ।

पश्चिम नवलपरासीका प्रतापपुर गाउँपालिका वडा न ६ का वडा अध्यक्षमा बिजयी भएका अधिकारीले ८ सय ४३ मत प्राप्त गरि बिजयी हासिल गरेका हुन् । भने उनका निकट प्रतिद्वन्दी त्रिपाठीका जनता प्रगतिशील पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार उपाध्यायले ५ सय ८९ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!